हावाहुरीबाट मेचीनगरमा एक करोडको क्षति
बिर्तामोड । बुधबार बिहानको राति बजे आएको हावाहुरीबाट मेचीनगरमा १ करोड बढीको क्षति भएको छ । मध्यरातमा आएको हावाहुरीले दुईवटा भेनियर उद्योगमा क्षति पुर्याएको हो । मेचीनगर नगरपालिका वडा नं. १० प्रगती टोल बस्ने डिल्लिराम श्रेष्ठले संचालन गरेको भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाईनिज मेसिन सहित उद्योगको दुबै पट्टीको टिनको छानामा हानि पुर्याउँदा अन्दाजी एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही वडाको लालपानीस्थित रहेको श्याम न्यौपानेले संचालन गरेको सिद्धबिनायक भेनियर उद्योगको १ ट्रक(ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा अन्दाजि १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मध्यरातमा पानीसँगै आएको हावाहुरीले स्थानीयको टिनको घरहरूमा समेत क्षति पुर्याएको बताइएको छ।