२०८३ बैशाख २० गते , आईतबार

कनकाई नगरपालिकालाई शव वाहन हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १६ गते , बुधबार
कनकाई नगरपालिकालाई  शव वाहन हस्तान्तरण

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको संस्था  झापाली समाज अमेरिकाले झापाको कनकाई नगरपालिकासंगकाे लागत साझेदारीमा एक थान शव वाहन प्रदान गरेको छ ।
मङ्गलबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष समेत रहेका अन्तराष्ट्रिय झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष मुकुन्द ढुङ्गानाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेललाई शव वाहनको चाबी हस्तान्तरण गरे ।
रोटरी क्लव अफ सुरुङ्गाको समन्वयमा उक्त शव वाहन कनकाई नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शव वाहनलाई कनकाई नगरपालिकामा राखिने र आवश्यकता अनुसार कनकाई नगरपालिका र अन्य छिमेकी पालिकाहरुमा सेवा प्रवाह गरिने रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले बताए ।
झापाबाट रोजगारीका लागि
शव वाहनमा आधा रकम लगानी कनकाई नगरपालिकाको रहने छ । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस क्षेत्रमा हालसम्म एउटापनि शव वाहन नभएको भन्दै सहयोगी दाता झापाली समाजलाई धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विक, सहारा नेपालका कार्यकारी निर्देशक तथा सहकारी संघका वरिष्ठ उपाध्यक्ष   महेन्द्रकुमार गिरी, जिल्ला सहकारी  संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी,   अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा  झापा विकास मञ्चका डा. आनन्द श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार