२०८३ बैशाख २० गते , आईतबार
पौडी खेल्ने क्रममा बेहोस भएका भण्डारीको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा पौडी खेल्ने क्रममा बेहोस भएका एक युवाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-३ बडाखाल बस्ने बर्ष ४० को धनराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो ।
निन्दा खोलामा मङ्गलबार दिउँसो १:०० बजे पौडी खेल्ने क्रममा डुबेर भण्डारी बेहोस भएको स्थानीयले देखेपछि उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएका थिए । उपचारको क्रममा झापा २:३४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।