२०८३ बैशाख २० गते , आईतबार

कालिकापीठको गेट उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १३ गते , आईतबार
कालिकापीठको गेट उद्घाटन

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-९ मा रहेको कालिकापीठ कालिस्थानको पूर्व प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ । भर्खरै निर्माण सप्पन्न भएको गेटको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरेका हुन् ।
भारत सिलिगुडी निवासी काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मुर्ति एवं भगवतिको बाहन सिंहको प्रतिमासहितको गेट निर्माण गरिदिएका हुन ।
कालिकापीठ कालिस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सप्पन्न कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजाललगायतले मन्तब्य राख्दै दानवीर ब्यक्तित्वलाई धन्यवाद दिए ।
काजल सरकारको परिवारले यसअघि पनि कालिकापिठको परिसरमा रहेको अक्षय बृक्षमुनि घेराबारा एवं नवद्वार निर्माण गरिदिएका थिए ।

सम्बन्धित समाचार