बिर्तामोड उद्योग वाणिज्य संघले एक करोडको राहतकोष स्थापना गर्ने
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने भएको छ । बिहीबार बसेको संघको बैठकले राहतकोष स्थापना गर्ने निर्णय गरेको हो ।
संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष राजु न्यौपानेले बताए । कोष स्थापना गर्ने निर्णयसँगै रकम जम्मा गर्न शुरु गरिएको उनले बताए ।
अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी संयोजक रहेको राजनीतिक दल सहजीकरण उपसमिति गठन भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महसंघ तथा विशिष्ठ व्यक्तिसँगको सहकार्य समन्वय उपसमिति गठन गरेको छ । यसैगरी विशाल थापाको संयोजकत्व र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय उपसमिति गठन गरिएको छ ।
जीवनकुमार खड्काको संयोजकत्वमा अनन्तलाल महतो सदस्य रहने गरी व्यवसायिक समस्या समाधान उपसमिति गठन भएको छ ।
गोमा भट्टराईको संयोजक र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ संस्था समन्वय उपसमिति गठन भएको छ ।
पुकार बरालको संयोजक र रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय उपसमिति गठन भएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।
त्यस्तै राजकुमार साहको संयोजकत्वमा कृष्णप्रसाद बजगाई सदस्य रहेको भन्सार सम्बन्धी समन्वय उपसमिति, युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा कर सम्बन्धी समन्वय उपसमिति गठन भएको बताइएको छ ।
तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती सुवेदी सदस्य रहेको महिला उद्यमी समन्वय उपसमिति गठन गरिएको छ भने संघ एवम् अतिथिसदन मर्मत व्यवस्थापन उपसमितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको संघका महासचिव तथा प्रवक्ता कुशल खतिवडाले जानकारी दिए ।