२०८३ बैशाख २० गते , आईतबार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १० गते , विहीबार
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । बर्दिया बासगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवामा बाघको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा बिहीबार दिउँसो बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी मनिषा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बासगढी–४ बठुवाका कैलाशपति थारुसँगै हिँडिरहेकी रोकायालाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले जनाए । थारु भने शकुशल रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार