२०८३ बैशाख २० गते , आईतबार
मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ
बिर्तामोड । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई चोरी गरिएका दुई वटा मोटरसाइकलसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का प्रियङ्क कँडेल, कृष्ण घिमिरे, नवीन बस्नेत, दीपक भुजेल र कनकाई–३ का सम्रिक चुँडाल रहेका छन्। उनीहरु सबै १९ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कनकाई नगरपालिका– ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल बरामद गरेको थियो। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।