२०८३ बैशाख २० गते , आईतबार

सिमल तरूल खेती प्रवर्द्धन गर्न विज्ञसंग छलफल

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ९ गते , बुधबार
सिमल तरूल खेती प्रवर्द्धन गर्न विज्ञसंग छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सिमल तरूल खेती प्रवर्द्धनमा चासो दिएको छ । मेचीनगर क्षेत्रमा हुने रैथाने बालिको रूपमा रहेको सिमल तरूल खेती प्रवर्धन गर्न पालिका विज्ञसँग छलफल गरेको हो ।
यसलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारको तर्फबाट मेचीनगरले दिर्घकालिन रूपमा योजना बनाएर अगाडि बढ्न गृहकार्य सुरू गरिसकेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
मेचीनगर क्षेत्रमा राम्रो उत्पादन सम्भावना रहेको सिमल तरूलको उत्पादनमा जोड दिदैँ व्यवसायीकरण गर्न सम्भव रहेको सिमल तरूल खेती विज्ञ बद्री ओझा र वासुदेव शर्मा बताउँछन् ।
नगरपालिकाको सभाहलमा मङ्गलबार सिमल तरूल खेती प्रवर्द्धन गर्न तथा तरूलको बिषयमा बिशेष जानकारी गराउने उदेश्यले आयोजना गरेको विज्ञसहितको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित मेचीनगर क्षेत्रमा रहेका कृषि सहकारीका पदाधिकारी, सहकारी अभियान्ता, अग्रज किसानलगायतको सहभागीता रहेको थियो ।
नगरपालिकाले यसअघि दुई पटक बाहुण्डाँगीमा तरूल महोत्सव समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यस्तै  कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले किसानलाई तोरी, गहुँ, मकै, धानलगायतको बालीमासमेत अनुदान तथा सहुलियत प्रदान गरिरहेकाे छ । 

सम्बन्धित समाचार