२०८३ बैशाख २० गते , आईतबार

अनेम संघ क्रान्तिकारीद्वारा मन्त्री झागडलाई झापामा सम्मान

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ८ गते , मंगलबार
अनेम संघ क्रान्तिकारीद्वारा मन्त्री झागडलाई झापामा सम्मान

बिर्तामोड ।  कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झागडलाई मङ्गलबार झापामा सम्मान गरिएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) झापाले मन्त्री झागडलाई सम्मान गरेको हो ।
अनेम संघ (क्रान्तिकारी) झापाकी निवर्तमान अध्यक्षसमेत रहेकी झागड जेठ ४ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले संघीयताको मूल मर्म अनुरूप आदिवासी परिवारकी छोरी मन्त्री बन्न सफल भएको भन्दै मन्त्री झागडलाई सम्मानसहित बधाई दिए । समाजमा पिछडिएको वर्ग, जाती र समुदायको मानिस राज्यको नीति निर्माण गर्ने, राज्य सत्ता सञ्चालन गर्ने तहमा पुग्नु  जनयुद्धको उपलब्धि भएको उनले बताए ।
मन्त्री झागडलाई केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी, अनेम संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज निरु खतिवडा (अनु)ले, पार्टीका प्रदेश सदस्य भवानी दङ्गाललगायतले बधाई तथा शुभकामना दिएका थिए ।
तारा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव टिका राउतले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार