२०८३ बैशाख २० गते , आईतबार

आजको मौसम कस्तो रहला ?

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ६ गते , आईतबार
आजको मौसम कस्तो रहला ?

झापा हाल नेपालमा स्थानीय पश्चिमी वायुको आंशिक प्रभाव रहेको जसको प्रभावले कोशी, मधेस सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको कोशी प्रदेशको केही  स्थानहरू बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको

आज दिउँसो  कोशी सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने कोशी गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको

आज राति कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने मधेस लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा  चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको

भोलि देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

सम्बन्धित समाचार