२०८३ बैशाख २० गते , आईतबार

घर भत्काएर घाट बनाउन थालेपछि विवाद, वनको जग्गामा संरचना बनाउन रोक

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ३१ गते , सोमबार
घर भत्काएर घाट बनाउन थालेपछि विवाद, वनको जग्गामा संरचना बनाउन रोक

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित नेत्रपार्क नजिकै रहेको देउनिया खोलामा रहेको सुकुम्बासीको घर भत्काएर मलामी घर शव जलाउने घाट बनाउने तयारी गरेपछि विवाद भएको स्थानीयबासीको सहमति विपरित बस्ती छेउमा नगरपालिकाले घाट बनाउने तयारी गरेपछि विवाद भएको हो

गत शुक्रबार बिर्तामोड नगरपालिकाले मलामी घर निर्माणका लागि डोजर लगाएर एकजना सुकुम्वासीको घर भत्काएपछि बिर्तामोड वडा नम्बर का वडाध्यक्ष कृष्णप्रसाद खरेल नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासँग स्थानीय सुकुम्बासीहरुको वादविवाद भएको थियो

सो स्थानमा रहेको जीर्ण मलामी घर


सुन्दर निचाझोडा सामुदायिक वन क्षेत्रमा बसेका घर सुकुम्बासीमध्ये  सीता आचार्य खरेलको घर नगरपालिका उपप्रमुख संग्रौला वडाध्यक्ष खरेलले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी बाक्लो संख्यामा अन्य व्यक्ति लगेर घर भत्काउँदै मलामी घरका लागि वन क्षेत्र सम्याएका हुन् उनीहरुले घरधनी सीता विदेशमा रहेको अवस्थामा घरको सामानसमेत आफुहरु लागेर निकाल्दै घर भत्काएको स्थानीयले बताएका छन्  

यसअघि त्यहाँका घरमध्ये तीन घर सुकुम्बासीका लागि नगरपालिकाले सहारा नेपाल साकोसको सहयोगमा पाँच वर्षअघि नै बनाइदिएको थियो तर, सुकुम्बासी खरेलको भने कच्ची घर थियो घर चलाउन नै मुस्किल भएपछि छोरी विदेश गएकी छे स्थानीय सरकारले नै छोरीको घर भत्काइदियो,’ उनका बुबा मोहनलाल आचार्यले भने, ‘नभत्काइदिन आग्रह गर्दापनि बलजफ्ती गर्दै डोजर लगाएर भत्काइछाडे वडाध्यक्ष उपप्रमुख आफै छिरेर सामान निकाले अब विदेशबाट छोरी आएर बस्ने ठाउँ छैन

आफ्नो पीडा सुनाउँदै स्थानीय सुशिला आचार्य


नगर उपप्रमुख संग्रौला वडाध्यक्ष खरेलले करिब दुई सय एमाले कार्यकर्ता ल्याएर बलजफ्ती गरेको स्थानीय देवीमाया अधिकारीको आरोप घर नभत्काउन यहाँ मलामी घर नबनाउन आग्रह गर्दा स्थानीयमाथि हातपात गरेको उनको आरोप मेरो पनि खुट्टामा चोट लागेको गुण्डाजस्ता मान्छे आएर बलजफ्ती गरे,’ उनले भनिन्

त्यही स्थानमा पुरानो एउटा मलामी घर पनि तर, नगरपालिकाले संरक्षण गर्न नसक्दा सो घर जीर्ण कामै नलाग्ने भएको अहिले त्यहाँ स्थानीयले बाख्रा बाँध्ने गरेका छन्

नगरपालिकाले वडाको पाँच लाख बजेटमा त्यहाँ नयाँ मलामी घर बनाउन बजेट छुट्याएको यद्यपि, गत वर्ष मात्र त्यहाँभन्दा करिब दुई किलोमिटर दक्षिण देउनिया खोलामा नै नगरपालिकाले मलामी घर निर्माण गरेको नगरपालिकालाई मलामी घर बनाउने मोह किन ? एक वर्षअघि मात्र दुई किलोमिटर दक्षिणमा बनाएको  त्यही प्रयोग गर्दा पनि हुन्छ,’ स्थानीय दाताराम अधिकारीले भने

स्थानीय सुशिला आचार्यले भने राजनीतिक प्रतिशोधले घर भत्काइएको आरोप लगाइन्

सो स्थान नजिकै रहेको अर्को मलामी घर


अहिले मलामी घर बनाउने भनेको स्थान सुन्दर निचाझोडा सामुदायिक वन क्षेत्रमा पर्छ वन क्षेत्रमा संरचना बनाउँदा भोगाधिकार अनिवार्य लिनुपर्ने डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए उनले त्यहाँ संरचना बनाउन रोक लगाइएको बताए त्यहाँ संरचना बनाउने तयारी गरिएको रहेछ हामीले रोकिसकेका छौँ,’ उनले भने, ‘वन क्षेत्रमा जथाभावी संरचना बनाउन पाइँदैन बनाउने नै भए सरकारबाट भोगाधिकार लिनुपर्छ

डिभिजन वनले त्यहाँ संरचना बनाउन नदिन सुन्दर निचाझोडा सामुदायिक वनलाई पनि पत्र लेखेको थियो तर, उक्त पत्रको अवज्ञा गर्दै गत शुक्रबार डोजर लिएर नगर उपप्रमुख वडाध्यक्ष दलबलका साथ त्यहाँ पुगेका थिए स्थानीयले अवरोध गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो त्यहि विषयलाई लिएर वडाध्यक्ष कृष्णप्रसाद खरेलले इलाका प्रहरी कार्यालय अनारमनीमा दाताराम आचार्य, नन्दु उप्रेती गणेश कालिकोटेले आफुमाथि दुव्र्यवहार गरेको भन्दै जाहेरीसमेत दिएका छन् यद्यपि, स्थानीयले भने आफूहरूले कुटाइ खाएको बताइरहेका छन्

सोही ठाउँकी सुकुम्बासी डिप्रेसनकी बिरामी महिला चन्द्रा दर्जीले उपप्रमुखले आफूलाई घोक्र्याएको आरोप लगाइन् घर नभत्काइदिन भन्दै गएँ उपमेयरले तँ अरूले उचालेको भरमा नआइज भन्दै घोक्र्याए,’ उनले भनिन् यता नगर उपप्रमुख संग्रौलाले भने आफूले कसैमाथि हातपात नगरेको दाबी गरेका छन् उनले वडाध्यक्षले समस्या परेर बोलाएपछि समन्वय गर्न पुगेको बताए उनले बरु केही स्थानीयले आफूहरूमाथि तथानाम गाली गरेको आरोप लगाए

डिभिजन वन कार्यालयको पत्र


उनले डिभिजन वन कार्यालयले झापालाई प्रधानमन्त्री पुष्पकमल दाहालको शक्ति दुरुपयोग गरेर पत्र लेख्न लगाएको दाबी गरे त्यहाँ ठूलो सात तारे होटेल नै बनाउनेजस्तो गरेर वनले पनि चिट्ठी लेखिहाल्नुपर्ने ? प्रधानमन्त्रीको पावर दुरुपयोग गरेर वनले पनि चिट्ठी लेखिहाल्नुपर्ने ? बुझ्दैनौँ हामी यति कुरा ?’ उनले भने, ‘पार्टी सरकारमा हुने अनि यहाँ जेजे मन लाग्यो त्यो गर्दै हिँड्न मिल्छ ? स्थानीय सरकारसँग समन्वय गर्नुपर्दैन ? वडाध्यक्षले छलफलमा बोलाउँदा आउनुपर्दैन ? एमालेले आफ्नो नाम कमाउन गरेछ होला, राप्रपा कांग्रेसले किन साथ दिए होला ? त्यो सर्वसम्मत निर्णय हो

वडाध्यक्ष कृष्णप्रसाद खरेलले त्यो स्थानमा विगत लामो समयदेखि राजवंशी समुदायले दाहसंस्कार गर्दै आएको बताए त्यहाँ अव्यवस्थित रहेको त्यसलाई व्यवस्थित गर्न वडाले बजेट छुट्याएको बताए त्यस क्रममा कार्यपालिका लक्षिमा खतिवडा आफूमाथि आक्रमण गरेको बताए त्यसकारण इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएको बताए

सम्बन्धित समाचार