२०८३ बैशाख २० गते , आईतबार

अर्जुनधारामा मेलमिलापकर्ताहरुको लेखन सम्बन्धि तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ३१ गते , सोमबार
अर्जुनधारामा मेलमिलापकर्ताहरुको लेखन सम्बन्धि तालिम सम्पन्न

बिर्तामोड झापाको अर्जुनधारामा सञ्चालित तीन दिवसीय एड्भान्स लेखनसीप तालिम सम्पन्न भएको अर्जुनधारा नगरपालिकाको आयोजना इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सम्पन्न भएको हो

मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको एड्भान्स तालिममा अधिवक्ता वसन्त नेपाल अर्जुनधारा नगरपालिकाको कानुन अधिकृत आकृति निरौलाले सहजीकरण गरेका थिए गाउँघरमा गरिने लिखतका सन्दर्भमा अधिवक्ता नेपालले अभ्याससहित दुई दिन सहजीकरण गरेका थिए भने कानुन अधिकृत निरौलाले लिखतमा ध्यान दिनुपर्ने कानुनी पक्षहरु नगरको न्यायिक सेवाको बारेमा सहजीकरण गरेकी थिइन्

आइतवार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले एड्भान्स लेखनसीपबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् उनले आफ्नो वडामा आम नागरिकहरुलाई नै सहयोग पुगोस् भन्ने उद्देश्यले मेलमिलापकर्ताहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताए प्रमुख अतिथि रिमालले लेखनसीपले न्याय सम्पादकनको क्षेत्रमा योगदान हुने अपेक्षा गरेको बताएका छन्

समापन कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य टुम्मनाथ काफ्लेले लेखनसीप कार्यक्रम उपलब्धीमुलक भएको बताए उनले सानातिना निवेदन लेख्न पनि प्राविधिक कठिनाई हुने गरेको बताउँदै आवश्यक पर्ने लिखत लेखनका लागि तालिमले ठुलो सहयोग पुगेको बताए निवेदन लेख्न नसक्दा धेरैले न्याय माग्न समेत नसकेको बताउँदै उनले न्यायका लागि लिखतमा सहयोग गर्न आग्रह गरे मेलमिलापकर्ताहरुले वडामा समन्वय कम भएको विषयमा प्रतिक्रिया दिदैं उनले न्यायिक समितिको तर्फबाट आवश्यक छलफल गरेर अघि बढ्ने बताए

कार्यक्रममा सहभागिहरुको तर्फबाट कृष्णप्रसाद चापागाई इन्दिरा भट्टराईले लेखनसीप तालिमको अनुभव सुनाएका थिए निवेदनदेखि वैनाबट्टा कागज लेख्न, सहमति, मिलापत्र लेखनसँगै कानुनी ज्ञान प्राप्त गरेको अनुभव सुनाएका थिए

सहजीकरण गर्ने संस्थाका सञ्चालक प्रदीप परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा न्यायिक शाखाको कर्मचारी माया ऐर, पत्रकार रमेश समदर्शी लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार