दशनामी समाजका तीन सञ्चारकर्मी सम्मानित
बिर्तामोड । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६औं जन्मजयन्तीको अवसरमा झापाका तीन सञ्चारकर्मी सम्मानित भएका छन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शंकराचार्यको जन्म जयन्तीका अवसरमा उनीहरुसहित ११ जनालाई सम्मान गरेकोे हो ।
अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरी सम्मानित भएका हुन् । पत्रकारत्रयले दशनामी समाजको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै समाजले सम्मान गरेको हो ।
त्यस्तै समाजले अक्षयकोषदाताहरु केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार सदस्य बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद र कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), बिर्तामोड नगर सल्लाहकार नरनाथ गिरी, नगर सल्लाहकार सन्तोष गिरीसूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार शंकर गिरी, बिर्तामोड नगर कोषाध्यक्ष खड्गराज गिरी र हेमराज गिरी सम्मानित भएका छन् । उनीहरुले नगरले स्थापना गरेको अक्षयकोष तथा हितकोषका लागि रकम प्रदान गरेको भन्दै सम्मान गरिएको हो ।
नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।