२०८३ बैशाख २० गते , आईतबार

सगरमाथाको चुचुरोमा २९औं पटक पुगे आरोही कामीरिता

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ३० गते , आईतबार
सगरमाथाको चुचुरोमा २९औं पटक पुगे आरोही कामीरिता

झापा । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् । 
विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले  सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।  कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।
कामीरिताले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।  त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । 
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ ।

सम्बन्धित समाचार