२०८३ बैशाख २० गते , आईतबार

जमुनामा पिकअप दुर्घटना हुँदा बरबोटेका घिमिरेको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २८ गते , शुक्रबार
जमुनामा पिकअप दुर्घटना हुँदा बरबोटेका घिमिरेको मृत्यु

बिर्तामोड । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५, बरबोटेका २३ बर्षीय तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।
बिब्ल्याँटेबाट जमुनातर्फ जाँदै गरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का २० बर्षीय चालक अभिशेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार