२०८३ बैशाख २० गते , आईतबार
विराटनगर उडेको श्रीएयर भद्रपुरमा अवतरण
बिर्तामोड । काठमाण्डौबाट विराटनगर उडेको श्रीएयरको जहाज भद्रपुर विमानस्थलमा अवतरण भएको छ । श्रीएयरको उडान नम्बर ३७३३ को जहाज विराटनगरको खराब मौसमको कारण भद्रपुर डाइभर्ट भएको हो ।
विराटनगरमा भारी वर्षा भएका कारण एक जना सानो बच्चा र एक जना बालबालिकासहित ४१ जना यात्रु बोकेर आएको विमान भद्रपुरमा अवतरण भएको भद्रपुर विमानस्थलका प्रमुख इन्दुराज अधिकारीले जानकारी दिए । विमान बिहीबार १ बजे तिर भद्रपुरमा अवतरण गरेको थियो । विराटनगरको मौसम सफा हुनासाथ विमान फर्कने उनले बताए ।