२०८३ बैशाख २० गते , आईतबार
१० लाख मूल्य बराबरको कपडा बरामद
बिर्तामोड । प्रहरीले मेचीनगरबात ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङको संयुक्त टोलीले बिहीबार बिहान ६:०० बजे दश लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।
प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ झापाका सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्वर १ भालुखोपबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको १० बोरा कपडा (पर्दा-१७५८ पिस र मोजा-३७८ पिस) बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।