२०८३ बैशाख २० गते , आईतबार
लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा खाद्यान्न तथा फलफूल वितरण
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीले बिर्तामोडका २० परिवारका आमालाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
मातातीर्थ औँसीको अवसरमा बिर्तामोड-५ जात्रुबारीका बिपन्न परिवारका आमाहरुलाई खाघान्य, साडी तथा फलफूल वितरण गरेको हो । औशीको सन्दर्भमा माताहरुको सम्मानस्वरुप उक्त सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन्।