२०८३ बैशाख २० गते , आईतबार

झापामा धान खेत घट्यो, उत्पादन बढ्यो

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २६ गते , बुधबार
झापामा धान खेत घट्यो, उत्पादन बढ्यो

बिर्तामोड । झापामा यस वर्ष धान उत्पादन बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष झापामा ८ हजार ५९२.५ मेट्रिक टन धान उत्पादन बढेको हो ।
आर्थिक वर्ष ०८०/८१ मा झापामा ४ लाख ३६ हजार ४६७.५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। गत वर्ष ४ लाख २७ हजार ८७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए ।
उत्पादन बढे पनि क्षेत्रफल भने यस वर्ष घटेको पाइएको छ। गत वर्ष झापामा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने यो वर्ष ८५ हजार ७५० हेक्टरमा मात्र धानबाली लगाइएको सूचना अधिकारी भण्डारीले जानकारी दिए। 

सम्बन्धित समाचार