२०८३ बैशाख २० गते , आईतबार

आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २६ गते , बुधबार
आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बिर्तामोड झापाको मेचीनगर स्थित बाहुनडाँगीमाबढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष अर्जुन कार्कीले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको सारलाई बुझेर अघि बढ्न सिक्नुपर्ने बताए

पछिल्लो समय किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढेसँगै त्यसको अप्रत्यक्ष असर समाजमा समेत पर्न थालेको कार्कीको भनाइ थियो

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले झापामा आत्महत्याको अवस्था बालबालिकाले आत्महत्या गर्नुको कारण प्रेम, आर्थिक अवस्था उच्च महत्वाकांक्षा रहेको अनुसन्धानले देखाएको बताए

त्यस्तै, मनोपरामर्शदाता एवम धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले विद्यार्थीहरुको मनको कुरा कसरी बुझ्न सकिन्छ, कुन कुरामा तनाव हुँदैछ लगायत विषयमा बुझ्न जरुरी रहेको बताए

पारिवारिक, शारीरिक वा सामाजिक कुनै कारणले उसले आत्महत्याको सोच बनाएको कि भनेर अभिभावक, शिक्षक, साथीहरूले नै बुझन जरुरी रहेको उनको भनाइ थियो

उनले विद्यार्थीले बोल्दै गर्दा, विद्यालयमा बिदा माग्दै गर्दा पनि साथीहरूले उसको मनोविज्ञान बुझ्नुपर्ने कुरामा सचेत गराए

विद्यार्थीका तर्फबाट सरस्वती माविका संयोग शर्माले कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर पाएको यसले आफ्नो जीवनमा ठुलो महत्व राख्ने बताए

विद्यालयका तर्फबाट पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधानले समयसापेक्ष यस्ता कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको यसले विद्यार्थीमा सकारात्मक सोचाइको विकास हुने बताए

कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधान, सरस्वती माविकी शिक्षक प्रतिनिधि अनिता थापा, अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी, विद्या विकास विद्यालयका शिक्षकलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो

नारी सञ्चार गृह झापाको आयोजना मेचीगर वडा नम्बर को सहयोगमा आयोजित कार्यक्रममा बाहुनडाँगी आसपासका १५० जना विद्यार्थीको सहभागिता रहेको थियो

संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक विनिशा शर्माले पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन जोश्ना श्रेष्ठले गरेकी थिइन्

सम्बन्धित समाचार