२०८३ बैशाख २० गते , आईतबार

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २५ गते , मंगलबार
चट्याङ लागेर झापामा एक जनाको मृत्यु

बिर्तामोड । झापाको खुदुनाबारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ बर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको हो ।
आज करिब ४:५० बजे घर नजिकैको मकैबारीमा मल लगाउँदै गर्दा परेको चट्याङले उनलाई लागेको थियो । दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाईते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
उनको उपचारको क्रममा अहिले साँझ ६:२० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
लामो समयपछि झापाको केही स्थानमा सामान्य बर्षा भएको थियो ।

सम्बन्धित समाचार