२०८३ बैशाख २० गते , आईतबार

एकल दृष्टिविहीन महिलालाई लेडी जेसीजको सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २५ गते , मंगलबार
एकल दृष्टिविहीन महिलालाई लेडी जेसीजको सहयोग

बिर्तामोड । बिर्तामोडकी एकजना एकल दृष्टिविहीन महिलालाई वीरता लेडी जेसीजले  फलफुल तथा नगद सहयोग गरेको छ । झापा चारपानेकी दामोसरी राजवंशीलाई वीरता लेडी जेसीजले सहयोग गरेको हो ।
मातातीर्थ औंशीको अवसर पारेर राजवंशीलाई ११ हजार नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राजवंशीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
आफन्तविहीन अवस्थामा एक्लै बस्दै आएकी राजवंशी केही समयअघि कलमा लडेर खुट्टा भाँच्चिएको थियो । कनकाई अस्पतालमा बिर्तामोडका कार्यपालिका सदस्यहरू संगिता सिवा र शर्मिला राजवंशीको अगुवाईमा शुभेच्छुकहरुको सहयोगमा उनको उपचार गरिएको थियो । शुभेच्छुक र इष्टमित्रको सहयोगले उनको गुजारा चलिरहेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता गिरी, महासचिव मुना ढुंगेललगायत लेडी जेसीजका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार