२०८३ बैशाख २० गते , आईतबार
करेण्ट लागेर १८ महिने बालकको मृत्यु
बिर्तामोड । झापाको शिवसताक्षीमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। सोमबार दिउँसो शिवसताक्षी-७ का सुनिल राजवंशीको १८ महिने छोराको करेण्ट लागेर मृत्यु भएको हो ।
दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि विर्तासिटी अस्पताल लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषित गरेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।