२०८३ बैशाख २० गते , आईतबार

आगलागीबाट दमकमा २० लाख बराबरको क्षति

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २१ गते , शुक्रबार
आगलागीबाट दमकमा २० लाख बराबरको क्षति

बिर्तामोड। झापाको दमक नगरपालिका वडा नम्बर ६ स्थित नयाँ सब्जी लाइनमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान ६:२० बजे प्रेम पूर्वेको घरको भुइतलामा रहेको मसला तथा खाद्यान्न गोदाममा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले स्थानीय मानिस र दमकलको सहयोगमा ७ बजे आगो नियन्त्रणमा लिएको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए । विद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार