२०८३ बैशाख २० गते , आईतबार

रोङमा मारुती भ्यान दुर्घटना हुँदा देउमाईका दिपेश राईको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १९ गते , बुधबार
रोङमा मारुती भ्यान दुर्घटना हुँदा देउमाईका दिपेश राईको मृत्यु

बिर्तामोड । इलामको रोङ गाउँपालिका-४ स्थित बाघखोरमा मारुती भ्यान दुर्घटना हुँदा देउमाई नगरपालिका ६ बस्ने अन्दाजी वर्ष २४–२५ का दिपेश राईको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल खस्दा राईको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइतेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अवस्थामा फेला परेका छन् । शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ ।

सम्बन्धित समाचार