२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासंघ झापाको बन्द सत्र स्थगित

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १८ गते , मंगलबार
पत्रकार महासंघ झापाको बन्द सत्र स्थगित

बिर्तामोड नेपाल पत्रकार महासंघ झापा शाखाको १४औँ जिल्ला अधिवेशनको बन्द सत्र स्थगित गरिएको सोमबार बिर्तामोडको अतिथीसदनमा भएको अधिवेशनको बन्द सत्रमा गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो

बन्द सत्रको शुरुमा नै खुला सत्रमा पत्रकारजन्य संघ संगठनलाई बोल्न नदिइएको भन्दै प्रेस चौतारीआबद्ध पत्रकारहरुले उभिएर विरोध जनाएका थिए आयोजकले लिखित रुपमा माफी नमागेसम्म कार्यक्रम अगाडी बढ्न नदिने उनीहरुले अडान लिएपछि अध्यक्ष मण्डलका संयोजक अमर खड्काले माइन्युट लेखन समितिलाई उक्त निर्णय लेख्न निर्देशन दिँदै प्रेस चौतारीका सदस्यहरुलाई बस्न आग्रह गरेका थिए

कार्यक्रमलाई प्रक्रियागत रुपमा अगाडी बढाएका खड्कालाई पत्रकार गोपाल काफ्लेले कार्यक्रमको गणपुरक संख्याको बिषयमा प्रश्न राखेका थिए जवाफमा संयोजक खड्काले खुला सत्रमा भएको उपस्थितीलाई नै आधार मान्ने गरेको अहिलेसम्मको प्राक्टिस रहेको बताए तर प्रेस चौतारीका सदस्यहरुले विधानतः बन्द सत्रको छुट्टै उपस्थिती हुनु पर्ने माग राखेपछि सहभागीहरुलाई हस्ताक्षर गराइएको थियो हस्ताक्षर पश्चात गणपुरक सख्या नपुगेको भन्दै संयोजक खड्काले विधानअनुसार अनुकूल समयमा बन्दसत्र आह्वान गर्न लिखित निर्देशन दिएका थिए

सम्बन्धित समाचार