२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासंघद्वारा २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १८ गते , मंगलबार
पत्रकार महासंघद्वारा २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण गरेको शाखाले आफ्नो १४औं जिल्ला अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो

सोमबार बिर्तामोडस्थित अतिथी सदनमा आयोजित खुला सत्रमा महासंघले एक लाख हजार १११ रुपैँया राशिको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकारद्वय केशव आचार्य कृष्ण हुमागाईँलाई संयुक्त रुपमा प्रदान गरेको थियो उक्त पुरस्कार पहिलो पटक संयुक्त रुपमा दुई जनालाई प्रदान गरिएको हो

त्यस्तै अमेरिकाको टेक्सासमा रहेको हेम सरिता फाउण्डेशनले स्थापना गरेकोटंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारपत्रकार राजबाबु शंकरलाई प्रदान गरियो उक्त पुरस्कारको राशि ५० हजार पाँच ५५५ रहेको भ्रष्टाचार विरुद्ध कलम चलाएको भन्दै शंकरलाई उक्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक चन्द्र भण्डारीले जानकारी दिए शंकरले लामो समयदेखि साप्ताहिक समाचार नामक साप्ताहिक पत्रिका सम्पादन गर्दै आएका छन्

त्यस्तै पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापितकेटो पत्रकारिता पुरस्कारपूर्वाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई प्रदान गरियो उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैँया रहेको

केदारमनमाया बजगाई लैङ्गिक समानता पत्रकारिता पुरस्कारपत्रकारद्वय लीला अनमोल (२०७९) रेजिना गौतम (२०८०) लाई प्रदान गरिएको थियो उक्त पुरस्कारको राशी जनही २५ हजार रुपौया रहेको

यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैयाँ रहेको

त्यसैगरी पत्रकार महासंघ झापाले यसै बर्षदेखि स्थापना गरेको ११ नगद राशीको विधागत पुरस्कार झुलन रेग्मी (छापा), उद्धव पुरी (अनलाईन), पुष्प बराल (रेडियो), सुदिप अधिकारी (टेलिभिजन)लाई प्रदान गरिएको थियो

उदियमान पुरस्कारबाट प्रकाश पौडेल चन्द्र बस्नेत पुरस्कृत भए उक्त पुरस्कारको राशी जनही ११ हजार १११ रुपैँया रहेको

महासंघले ६५ बर्ष उमेर पूरा गरेका झापाका ११ जना अग्रज पत्रकारहरुलाईदीर्घ सेवा सम्मानप्रदान गरेको नकुलकाजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरोसान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य लक्ष्मण ढकाललाई उक्त सम्मान प्रदान गरिएको थियो उनीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो

कार्यक्रममा मेचीमहाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि सभामूख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्र आङ्बोलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो

सोहि अवसरमा महासंघ झापाद्वारा प्रकाशित चौथो अङ्ग नामक बुलेटिनको दोस्रो अंक विमोचन गरिएको थियो

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अधिवेशनको खुला सत्रमा सहभागीहरुलाई महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेका थिए भने सचिव डिकेश लामाले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार