२०८३ बैशाख २० गते , आईतबार

दुर्गा प्रसाईको हतियार कानुनतः ‘इजाजत दिन नमिल्ने’ निष्कर्ष

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १८ गते , मंगलबार
दुर्गा प्रसाईको हतियार कानुनतः ‘इजाजत दिन नमिल्ने’ निष्कर्ष

झापा सर्वोच्च अदालत परिसरबाट चैत २०८० मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियारइजाजत दिन नमिल्ने प्रकृतिको रहेको छानबिन समितिले निष्कर्ष निकालेको सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियारइजाजत दिन मिल्ने खालको नदेखिएको ठहर गरेको हो

समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा भनिएको ,‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको

छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य उपसचिव एकदेव अधिकारी सदस्यसचिव थिए

प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र लिएका हुन् उनले लिएको हतियारको इजाजतपत्र (लाईसेन्स) नम्बर १०१३१ हो झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुद्धशान्ती झापा घर भएका दीपक खड्कालाई बाहक तोकेर प्रसाईको नाममा हतियार इजाजतपत्र दिएका थिए खड्का दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन्

मोडल नम्बर सिरियल नम्बर ३५४७५२ नम्बरको २२ बोर बन्दुको इजाजतपत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गनजिएसजी सय राउण्ड गोली बरामद गरेको थियो अदालत परिसरबाट जर्मन स्पोर्ट गनसहित पक्राउ परेपछि त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी सुनीलकुमार पोखरेलले आदेश गरेका थिए

हातहतियार खरखजाना ऐन२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार प्रमुख जिल्ला अधिकारीले हतियार राख्ने इजाजत दिन्छन् तर, प्रसाईंलाई प्रदान गरिएको हतियार अनुमति विवादित बनेको तत्कालीन प्रमुख जिल्ला अधिकारी दाहालले प्रसाईलाई नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने अनुमति दिएका हुन् उनलाई प्रदान गरिएको लाइसेन्समा लेखिएको हातहतियार खरखजाना राख्न पाउने (इलाका) : नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने

हातहतियार खरखजाना ऐन अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था प्रशासनले तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँगयात्रा अनुमति लिनुपर्ने कानुनी व्यवस्था

प्रसाईंले लिएको हतियार इजाजत सिकार गर्न मिल्ने प्रकृतिकोटुटु गन हो त्यसमा म्यागजिनको क्षमता अनुसार गोली राख्न मिल्छ प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘उनलाई अनुमति दिएको सेमि अटोमेटिक हतियार हो तर, प्रहरीले जर्मनमा बनेको जिएसजी बरामद गरेको इजाजत पत्रमा उल्लेख भएकै प्रकृत्तिको हतियार बरामद हतियारबारे गृहका अधिकारीहरूले विश्लेषण गरेर प्रतिवेदन बुझाएका छन्

सम्बन्धित समाचार