२०८१ जेष्ठ ६ गते , आईतबार

गार्मेन्ट व्यवसायीलाई गोली हानी हत्या गर्ने भारतीय नागरिक पासवान पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १७ गते , सोमबार
गार्मेन्ट व्यवसायीलाई गोली हानी हत्या गर्ने भारतीय नागरिक पासवान पक्राउ

झापा काठमाण्डौको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्ष अघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली प्रहार गरी आइतबार नियन्त्रणमा लिएको

पर्साको वीरगञ्जमा प्रहरी चेकको क्रममा उनी पक्राउ परेको एसपी कुमुध ढुंगेलले जानकारी दिए तयारी पोसाक झोला बनाउने फ्याक्ट्रीका सञ्चालक सर्लाहीका लाल मोहम्मद अन्सारीलाई २०७९ असोज मा पासवानको समूहले उनकै फ्याक्ट्री अगाडी टाउको, छाती पेटमा गोली हानी हत्या गरेको थियो अन्सारी फ्याक्ट्रीका लागि सामान खरिद गरेर फर्किएपछि उनलाई कुरेर बसेका उनीहरुले गोली हानेर फरार भएका थिए बाबुलाई गोली हानेको देखेपछि माथिल्लो तलाबाट हामफालेर अन्सारीको छोरीले सुटरलाई पछ्याएपनि उनीहरुलाई भेट्न सकेकी थिइनन्

हत्याका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको थियो पासवान भारत रक्सौलका बासिन्दा हुन् उनी बिगतमा लागूपदार्थ कारोबार मुद्दामा नेपालमा वर्ष कैद बसेर छुटेका थिए

ढुंगेल पर्सा प्रहरी प्रमुख भएसँगै प्रहरी चेकजाँचलाई कडा बनाएका छन् उनले केहि दिन अघिमात्र अनुमति नलिई विदाको दिन चलाएको सरकारी सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेका थिए

सम्बन्धित समाचार