२०८३ बैशाख २० गते , आईतबार

शनिबार इलाम जिल्लाभर सवारी आवागमन बन्द

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १४ गते , शुक्रबार
शनिबार इलाम जिल्लाभर सवारी आवागमन  बन्द

बिर्तामोड । वैशाख १५ गते शनिबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म इलाम जिल्लाभर सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गरेर उक्त दिन मेची राजमार्ग लगायत भित्री सडक खण्डहरूमा सवारी आवागमन बन्द हुने जानकारी गराएको हो ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनका कारण सवारी आवागमन बन्द गर्ने निर्णय भएको हो।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्कर्षसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बैठकले अत्यावश्यक र अनुमति प्राप्त सवारी बाहेकका सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ् र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले जानकारी दिए ।
निर्वाचन अनुगमन र समाचार संकलनका लागि भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराउने सहमति भएको छ ।
मतदानका दिन हिँड्डल गर्न नसक्ने, गर्भवती महिला, आफ्नै साथमा बच्चा बोकी आएका महिला, किरियापुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमतिमा मतदान अधिकृतबाट अनुमति लिएर सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार