२०८३ बैशाख २० गते , आईतबार
देउनिया पुलमा मृत्यु हुनेको पहिचान खुल्यो (अपडेट)
बिर्तामोड । बिहिबार साँझ ८:३५ बजे मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित देउनिया पुलमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-२ बस्ने केदारजंग कार्कीको छोरा बर्ष ४० को ज्ञानेन्द्रराज कार्की रहेको प्रहरीले जनाएको छ।
बिर्तामोडबाट चारआली तर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए।