२०८३ बैशाख २० गते , आईतबार

इलाम-२ को उपनिर्वाचनका लागि १३६३ प्रहरी परिचालन हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १३ गते , विहीबार
इलाम-२ को उपनिर्वाचनका लागि १३६३ प्रहरी परिचालन हुँदै

झापा । प्रहरीले शनिबार इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि सुरक्षा योजना तयार पारेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन १ हजार ३६३ जना प्रहरी परिचालन गर्न लागिएको जनाइएको छ ।
प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ ।
यस्तै विभिन्न दलका समर्थकबिच आपसमा झै-झगडा तथा कुटपिट वा पत्र तहसनहस हुने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण हुने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयास गरेमा, मतदाताहरुलाई मतदान गर्न जान अवरोध भएमा बल प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । 

सम्बन्धित समाचार