२०८३ बैशाख २० गते , आईतबार

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १३ गते , विहीबार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

बिर्तामोड । झापाको भद्रपुर-८ स्थित नमुना टोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजे भद्रपुर-८ नमुना टोलस्थित भित्री सडक खण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको
मे ४ प ४८९६ नम्बरको  मोटरसाईकलले पहिचान नखुलेको मागि खाई हिँड्ने अन्दाजी ८०/८१ बर्षकी पहाडे मुलको जस्तो देखिने बृद्धालाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
टाउकोमा चोट लागि गम्भीर घाईते भएकी वृद्धालाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएकोमा ९ बजे राति उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चालक झापा भद्रपुर नगरपालिका ८ बस्ने वर्ष अन्दाजि ४९ को विशन मोतेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको छ।
यो सँगै बुधबार दुर्घटनाबाट झापामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। 

सम्बन्धित समाचार