२०८१ बैशाख २२ गते , शनिबार

सुरुङ्गा पुलमा दुर्घटना हुँदा बिर्तामोडका खरेलको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १२ गते , बुधबार
सुरुङ्गा पुलमा दुर्घटना हुँदा बिर्तामोडका खरेलको मृत्यु

बिर्तामोड । झापाको कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी बिर्तामोड वडा नम्बर ७ का तेजमणि खरेलको मृत्यु भएको हो ।
बुधबार साँझ अन्दाजी ७:५५ बजे बिर्तामोडबाट झिलझिले तर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सिसिको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक  ३८ बर्षीय खरेल गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
सोहि मोटरसाइकलको पछाडि सवार मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २९ को प्रसन्न दनुवारको अनुहारमा चोट लागेको र गम्भिर अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको र ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार