२०८३ बैशाख २० गते , आईतबार

कतारसँग पाँच वटा बुँदामा सम्झौता हुने

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १२ गते , बुधबार
कतारसँग पाँच वटा बुँदामा सम्झौता हुने

झापा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएको अवसरमा कतारसँग पाँच बुँदामा सम्झौता हुने भएको

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता समझदारी पत्रमा हस्ताक्षर हुने यी सबै कार्यक्रमहरु राजा थानी बसेकै होटल सोल्टीमा हुँदैछ

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग वटा एमओयुमा हस्ताक्षर हुनेछ नेपाल कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम यसैगरी शिक्षा संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम

तर नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने आजै हस्ताक्षर हुने छैन अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले बताए

उनले भने, ‘हात्ती उपहार दिने भनेर प्रधानमन्त्रीले घोषणाचाहिँ गर्नुहुन्छ तर त्यस सम्झौतामा हस्ताक्षर भने हुने छैन, किनभने अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए

सम्बन्धित समाचार