२०८३ बैशाख २० गते , आईतबार

झिलझिले दुर्घटना: मृतकहरुको पहिचान खुल्यो (अपडेट)

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १२ गते , बुधबार
झिलझिले दुर्घटना: मृतकहरुको पहिचान खुल्यो (अपडेट)

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा बुधबार बिहान सवारी दुर्घटना हुँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका-४ बस्ने बर्ष २० को युनिस भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम  राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार बिहान ५:३० बजे दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५० सिसिको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १-०१-००१ च ९३२९ नं. को बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना सक्त घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनीहरूको बाटैमा मृत्यु भएको थियो ।
मोटरसाइकल, बोलेरो र बोलेरो चालक जिल्ला झापा  मेचीनगर नगरपालिका-६ बस्ने बर्ष ४५ को ऋषिराज गिरी इप्रका झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार