२०८३ बैशाख २० गते , आईतबार

झिलझिलेमा दुर्घटना, मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १२ गते , बुधबार
झिलझिलेमा दुर्घटना, मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बुधबार बिहान ५:३० बजे बोलेरो र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनाबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५० सिसिको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १-०१-००१ च ९३२९ नं. को बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना सक्त घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनीहरूको बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनीहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल, बोलेरो र बोलेरो चालक जिल्ला झापा  मेचीनगर नगरपालिका-६ बस्ने बर्ष ४५ को ऋषिराज गिरी इप्रका झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार