२०८३ बैशाख २० गते , आईतबार

धमाधम पक्राउ पर्दै लागू औषध कारोबारी

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ११ गते , मंगलबार
धमाधम पक्राउ पर्दै लागू औषध कारोबारी

बिर्तामोड । पछिल्लो समय झापामा लागूऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले सोमबार राति १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३ विराट आदर्श टोलबाट एकजनालाई ठूलो परिमाण लागूऔषध सहित पक्राउ गरेको छ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने  अन्दाजी २५ वर्षीय रोशन थापालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ४४ ग्राम ६९० मिलिग्राम र प्लाष्टिक बाहेक ३९ ग्राम १० मिलिग्राम, मोवाइल १थान र नगद  १ हजार एक सय रुपैयाँसमेत बरामद गरेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले केही दिनअघि मात्र कन्काई, मेचीनगर, गौरिगन्जलगायत क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध सहित कारोबारीहरुलाई पक्राउ गरेको थियो ।

खुला सिमा नाका र भारतीय बजार नजिकै रहेका कारण झापा लागूऔषधको ट्रान्जिटको रुपमा विकास भइरहेको छ।

सम्बन्धित समाचार