२०८३ बैशाख २० गते , आईतबार

कुकुरले पत्ता लायो लागूऔषध कारोबारी

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ११ गते , मंगलबार
कुकुरले पत्ता लायो लागूऔषध कारोबारी

बिर्तामोड । झापामा फेरि ठूलो परिमाणमा लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् ।
आज साँझ ६ बजे मेचीनगर-६ स्थित मेची पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपालद्वारा परिचालन गरिएको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । हालसम्म तालिमप्राप्त कुकुरबाट ११ पटकमा १०५.०५ ग्राम ब्राउनसुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाइएको छ ।

सम्बन्धित समाचार