२०८३ बैशाख २० गते , आईतबार
बाँदर धपाउन बन्दुक पड्काउँदा एक जनाको मृत्यु
झापा । पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवामा बाँदर धपाउन बन्दुक पड्काउँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे भएको घटनामा परी स्थानीय ५१ बर्षीय मन कुमार सिगुको मृत्यु भएको हो ।
मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको फायरिङ पिनको नाल फुटेर बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर सिगु घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।