२०८३ बैशाख २० गते , आईतबार

मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ९ गते , आईतबार
मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु

बिर्तामोड । शनिबार राति बिर्तामोडको मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ ।
साढे १० बजे राति चारपानेबाट काकडभिट्टातर्फ जादै गरेको प्र.- १-०१-००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाको छोरा बर्ष ११ को सन्तोष रोकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइते सन्तोष रोकालाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आईतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार