२०८१ बैशाख २१ गते , शुक्रबार

आन्दोलनको क्रममा राप्रपाले क्षति पुर्‍याएको भन्दै बालेनले तोके जरिवाना

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ८ गते , शनिबार
आन्दोलनको क्रममा राप्रपाले क्षति पुर्‍याएको भन्दै बालेनले तोके जरिवाना

झापा । काठमाण्डौ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकेर मेयर बालेन्द्र साहले पत्र पठाएका हुन् ।
पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । 
पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।

सम्बन्धित समाचार