२०८१ बैशाख २० गते , विहीबार

कतारका अमीर पहिलो पटक काठमाण्डौ आउँदै

सेनाले लियो सुरक्षाको मुख्य जिम्मेवारी

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ६ गते , विहीबार
कतारका अमीर पहिलो पटक काठमाण्डौ आउँदै

झापा । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाण्डौका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् ।
वैशाख ११ मा काठमाण्डौ आउने अमिर १२ मा फर्किनेछन् । नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘सुरक्षा व्यवस्थापनको पाटोमा छलफल भइरहेको छ ।’

सम्बन्धित समाचार