२०८३ बैशाख २० गते , आईतबार

‘रुइतेक्टोमी’का आविष्कारक डा. रुइत ५ लाख नगदसहित झापामा पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ५ गते , बुधबार
‘रुइतेक्टोमी’का आविष्कारक डा. रुइत ५ लाख नगदसहित झापामा पुरस्कृत

भद्रपुर नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाईश्रीप्रसाद ओली स्मृति राष्ट्रियअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गरिएको

रूद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरे पुरस्कारको राशी रू पाँच लाख रहेको

त्यसैगरी, यस वर्षकोदेवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापाका बुद्धशान्ति गाउँपालिका डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको उनलाई एक लाख एक हजार एक सय ११ रुपैँया पुरस्कार राशी तथा सम्मान पत्र प्रदेश प्रमुख खापुङले प्रदान गरे

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएकाले डा. रुइतलाई सम्मान गरिएको बताए

जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत माता केसाङ रुइतको गर्भबाट जन्मिएका डा. रुइतले सरल कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धतिरुइतेक्टोमीको सुरुवात गरेका छन्

यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गरेका छन्  उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको

कार्यक्रममा प्रमख अतिथि खापुङ, शिविष्ठ अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो

सम्बन्धित समाचार