२०८३ बैशाख २० गते , आईतबार
मोटरसाइकल दुर्घटनामा परी अर्जुनधाराका लिम्बुको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिका-३ केर्खामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
दुर्घटनाबाट अर्जुनधारा-४ बस्ने बर्ष २७ को पिरती भन्ने विष्णु लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। वैशाख १ गते राति ११:३० बजे दमकबाट विर्तामोडतर्फ आउँदै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो। दुर्घटनाबाट गम्भीर घाइते लिम्बुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा १२:३० बजे लिम्बुलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडी सवार सोही स्थानका जिवन नेपालको छोरा बर्ष १५ को विपल नेपालको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णप्रसाद चन्दले जानकारी दिए ।