२०८३ बैशाख २० गते , आईतबार

चैतमा ५२ हजारले गरे पाथीभरा दर्शन, ७५ लाख भेटी सङ्कलन

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १ गते , शनिबार
चैतमा ५२ हजारले गरे पाथीभरा दर्शन, ७५ लाख भेटी सङ्कलन

झापा ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन् पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका हुन्

चैतमा गएका दर्शनार्थीले मन्दिरमा ७५ लाखभन्दा बढी भेटी चढाएका छन् पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी सङ्कलन भएको सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको

चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन् गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख

भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार सय ५५, माघमा हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन्

सम्बन्धित समाचार