२०८३ बैशाख २० गते , आईतबार
भाटभटेनीमा आगलागी, नियन्त्रण प्रयास जारी
झापा । शुक्रबार साँझ भाटभटेनी सुपरस्टोरमा आगलागी भएको छ । राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।
जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । यो समाचार तयार पार्दा घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले जानकारी दिए ।