२०८३ बैशाख २० गते , आईतबार
काकरभिट्टाका सामाजिक अगुवा पौडेलको निधन
मेचीनगर । झापा मेचीनगर–६ काकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेलको निधन भएको छ । पौडेलको ७७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काकरभिट्टा माविका संस्थापक, काकरभिट्टा खानेपानी संस्थाको संस्थापक अध्यक्ष, तत्कालिन मेची बस व्यवसायी संघका पुर्व अध्यक्ष लगायत थुप्रै संघ संस्थामा आबद्ध पौडेल काकरभिट्टालाई आधुनिक काकरभिट्टा बनाउने मध्येका एक अगुवा हुन ।