२०८३ बैशाख २० गते , आईतबार

उपचारमा सहयोग गर्न पत्रकार भट्टराईको अपिल

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २६ गते , सोमबार
उपचारमा सहयोग गर्न पत्रकार भट्टराईको अपिल

बिर्तामोड अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराई आर्थिक अभावमा उपचार गराउनबाट बञ्चित भएका छन् इलामको सूर्योदय गोगने घर भएका २३ वर्षीय भट्टराई आर्थिक अभावमा कुरुप अनुहार लिएर हिड्न बाध्य भएका हुन्

विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका भट्टराई अर्जुनधाराको मेरो रेडियोमा समाचार बाचक कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् उनको दाहिने गाला, कान चिउडोमा मासुको ठूलो लुर्को पलाएको

डेरामा बसेर अध्ययन पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका उनलाई मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न खान समस्या भइरहेको भने कान दाहिने आँखामा पनि समस्या भएको बताउँछन

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान विर्तामोडको बीएण्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताए

शल्यक्रिया गर्नका लागि आर्थिक अभाव भएको उनले बताए अरु मान्छे जस्तै हुन इच्छा भएको रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन् उनले अनुहारकै कारण सहज रुपमा अन्य जागिरसमेत पाउन गाह्रो भएको पीडा सुनाए     

हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले इजी केयर फाउण्डेसनमार्फत शुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाण्डौमा उनको उपचारका लागि पहल भइरहेको बताए

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँचेका उनको बुवाआमा सामान्य कृषक हुन् भने एउटा भाइ वैदेशिक रोजगारीमा छन्

सम्बन्धित समाचार