२०८३ बैशाख २० गते , आईतबार

राम नवमीको अवसरमा बिर्तामोडमा श्री राम कथा वाचन हुने

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २५ गते , आईतबार
राम नवमीको अवसरमा बिर्तामोडमा श्री राम कथा वाचन हुने

बिर्तामोड झापाको बिर्तामोडमा राम नवमीको अवसरमा श्री राम कथा वाचन हुने भएको चैत २७ गतेदेखि वैशाख गतेसम्म बिर्तामोडको अग्रसेन भवनमा कथा वाचन हुन लागेको हो

बिर्तामोडमै पहिलो पटक श्री राम कथा वाचन श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले आयोजना गर्न लागेको कार्यक्रमका संयोजक तथा श्रीहरि सत्संग समिति नेपालका संस्थापक अध्यक्ष बेदप्रकाश अग्रवालले जानकारी दिए विभिन्न जाति, भाषा, संस्कृति धर्मका मानिसहरुको बसोबास भएको नेपालमा सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्दै उनीहरुबिच सद्भाव कायम राख्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए

ऊँकार परिवारलाई एकताको सुत्रमा बाँध्न श्रीहरि सत्संग समितिले विभिन्न कार्यक्रमहरु गरिरहेको बिर्तामोड च्याप्टरका अध्यक्ष उमेश डालमियाले जानकारी दिए सबै जातजातिका मानिसहरुको सहभागिता रहने गरी २५१ सदस्यीय आयोजक समिति गठन गरिएको संरक्षक भगवानदास अग्रवालले बताए

कथा वाचन सुश्री संगिता किशोरीले गर्ने समितिका महासचिव बाबुलाल अग्रवालले जानकारी दिए आगामी २७ मंगलबार विहान बजे बिर्तामोडको दुर्गा मन्दिरदेखि अग्रसेन भवनसम्म शोभायात्रा गरिने उनले बताए संगीतमय कार्यक्रममा रामलीलापनि प्रदर्शन गरिने आयोजकले जनाएको कार्यक्रम सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको सहसचिव विजेन्द्र अग्रवालले जानकारी दिए

 

 

सम्बन्धित समाचार